स्रोत नखुलेकाे २० लाख नगद सहित भारतीय युवक पक्राउ

0 Shares

काठमाडौँ । प्रहरीले धनुषाबाट हुन्डीको नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन् ।

जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा ठाकुरले बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको हाे।  आरोपीले नगदको स्रोत खुलाउन सकेका छैनन् । आरोपीबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारसबै