0
Shares
रौतहट – प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वाड नं। ४ स्थितमा संजय होटलबाट एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।
हिजो साँझ होटलमा बसिरहेका रौतहट चन्द्रनिगाहपुर ६ गुम्बाटोल बस्ने वर्ष ३२ का करण राईलाई लागु औषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतलसहित पक्राउ गरेको हो । निजबारे थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।