प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न

0 Shares

धनगढी– मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको छ ।

निर्वाचनका लागि सुरक्षा परिचालन गर्दा देखिएका चुनौति, जिल्ला स्तरमा तयार पारिएका सुरक्षा योजनाका बारेमा छलफल गर्न सुरक्षा गाष्ठीको आयोजना गरिएको नेपाल सरकार गृह मन्त्रालयका प्रबक्ता एवं उप सचिव फणिन्द्रमणि पोख्रेलले बताए ।

गोष्ठीमा निर्वाचनका वेला सुरक्षा व्यवस्थापन कसरी गर्ने, कुन कुन स्थान सुरक्षाका दृटिले जोखिममा रहेका छन् भन्ने बारेमा छलफफल भएको उनले बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा समपन्न गर्न निर्वाचन कार्यालयदेखि मतदान केन्द्रसम्म सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी बल, मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादि प्रहरी परिचालन गरिएको उनले बताए । मतदान केन्द्रमा कुनै समस्या भए नेपाल प्रहरी र म्यादि प्रहरीलाई सघाउन नेपाली सेना र सशस्त्रलाई खटाइएने उनले बताए ।

निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न देश भर १ लाख १५ हजार म्यादि प्रहरीसहित दुई लाख ९८ हजार सुरक्षा परिचालन गरिएको उनले बताए । ‘८/१० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै जगेडामा राखेर हामीले निर्वाचनमा अन्य सवै सुरक्षाकर्मी परिचालन गरेका छौं,’ प्रवक्ता पोख्रेलले भने, ‘त्यसैले निर्वाचनमा सुरक्षाका अभाव हुँदैन, यस पटकको निर्वाचनमा आम नागरिक पनि सभ्य र मत हाल्न उत्सुक देखिएकाले पब्लिकबाट पनि सुरक्षामा सहयोग हुने अपेक्षा गरेका छौं ।’ निर्वाचनलाई लक्षित गरी एक महिना अघि देखिनै सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइएको उनले बताए ।

निर्वाचनका वेला कुनैपनि ठाउँमा हिंसा फैलन सक्ने देखिएमा तुरुन्त सुरक्षाकर्मीलाई जानकारी गराउन उनले सवै नागरिकलाई आग्रह गरेका छन् ।

प्रवक्ता पोख्रेलले विगतमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण कुनै समस्या भएको खण्डमा तत्काल थप सुरक्षाकर्मी पठाउन समस्या हुने गरेको पाइएपछि यस पटक सुर्खेतमा दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताए । त्यसैगरी आधाघण्टाको दुरीमा सवै निर्वाचन क्षेत्रमा नेपाली सेनालाई तैनाथ गरेर राख्ने व्यवस्था गरिएको उनले बताए ।

यसका अलावा हिमाली क्षेत्रमा पर्यटन ओसार्न निजि क्षेत्रले सञ्चालन गरेका हेलिकोप्टर निर्वाचनका वेला जुन ठाउँमा छन् त्यही ठाउँमा रोक्ने तयारी गरिएको बताए ।

सुरक्षा वैठकमा प्रदेशका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्वाचनलाई लक्षित गरेर तयार गरिएको जिल्ला स्तरिय सुरक्षा योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा गृह प्रवक्ता फणिन्द्रमणि पोख्रेल, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकालले पनि सुरक्षा व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारसबै