पत्रकार सरोजराज अधिकारी मृत फेला

0 Shares

काठमाडौं– पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको छन । कात्तिक २१ बाट उनी सो होटलमा बसेको थाहा भएको छ ।
चक्रब्युहमा चन्द्रसुर्य पुस्तकका लेखक अधिकारी प्रेस युनियनको पूर्व कोषाध्यक्ष हुन् । चक्रब्यूहमा चन्द्रसुर्य बाहेक उनका धम्बोझी, रुपबजारकी नोरा र जासुसीको जालो पुस्तक प्रकाशित छन् ।

सम्बन्धित समाचारसबै