गोर्खामा सडक मजदुरको मृत्यु

0 Shares

गोरखा– बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको क्रममा ढुङ्गाले लागेर बुधबार गोरखामा एक मजदुरको मृत्यु भएको छ ।  नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा ढुङ्गाले लागेर लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै