रौतहट प्रहरीद्वारा ३८ भारतीय नागरिकको उद्धार

0 Shares

रौतहट – रौतहटमा अलपत्र अवस्थामा रहेका ३८ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ।  स्थानीय परोहा नगरपालिका ४ स्थित अमन ईंट्टा उद्योगमा कामदारको रूपमा आएर अलपत्र रहेका भारत उत्तर प्रदेशको अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकालाई इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई अरुण सिंहको नेतृत्वमा गएको टोलिले उद्वार गरेको हो ।

भारतीयहरु  अलपत्र अवस्थामा रहेको सूचनाको आधारमा गएको टोलीले उनीहरुको उद्धार गरी भारत बिहार राज्य जिल्ला सितामढी बैरगनिया स्थित सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको छ।

सम्बन्धित समाचारसबै