0
Shares
सर्लाही– सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको ज्यान गएको जिल्ल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।
दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोटलागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्धिविनायक अस्पताल पुर्याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।