पत्रकार अधिकारी मृत्यु घटनाः छानबिन माग गर्दैै प्रहरीमा जाहेरी

0 Shares

काठमाडौं– पत्रकार सरोजराज अधिकारी मृत्यु घटनाको छानबिन गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ। अधिकारीको मृत्यु शंकास्पद देखिएको भन्दै छानबिनको माग गर्दै प्रहरी वृत्त जनसेवामा उजुरी परेको हो। अधिकारीको पारिवारिक स्रोतले उजुरी दिएको पुष्टि गरेको छ। उजुरी परेपछि छानबिनको प्रक्रियालाई अघि बढाइएको प्रहरीले जनाकारी दिएको छ।

पत्रकार अधिकारी गते सुन्धारास्थित सिद्धाथ होटलको कोठामा मृत भेटिएका थिए। लामो समयदेखि पत्रकारिता गर्दै आएका अधिकारी कात्तिक २३ गते मृत भेटिएका थिए। नेपाल लाइभका पूर्वसम्पादनसमेत रहेका अधिकारीले कान्तिपुर, नयाँ पत्रिकामा समेत काम गरिसकेका छन्।

विशेषगरी, सुरक्षा-अपराध तथा राजनीतिक बिटमा कमल चलाउने अधिकारीका धम्बोजी, नोरा, जासुसीको जालो, चक्रव्यूहमा चन्द्रसूर्यजस्ता किताब पनि प्रकाशित छन्।

सम्बन्धित समाचारसबै