पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

0 Shares

काठमाडाैं– पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २५ कार्तिकबाट सर्वसाधारणहरूका लागि ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा आवेदकले आजको बैंकिङ समयसम्ममा आवेदन दिनुपर्नेछ ।

सीडीएससीका अनुसार सोमबारसम्म कुल १० लाख ४४ हजार ८ सय ८ जना आवेदकले १ करोड २४ लाख ३१ हजार ६० कित्ताका लागि आवेदन दिइसकेका छन् ।  संख्या माग गरिएको आवेदन भन्दा २.४१ गुणा बढी हो।

हाईड्रोपावरले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरको ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण शेयर निष्कासन गरेकाेमा त्यसकाे ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षित गरि र कुल निष्कासनको ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेकाे छ  । बाँकी ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

सम्बन्धित समाचारसबै