३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसमा निकालियो र्‍याली

0 Shares

काठमाडौं- ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसकाे अवसरमा आइतबार र्‍याली निकालिएकाे छ।भृकुटीमण्डपदेखि सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुीमण्डपसम्म विभिन्न संघसंस्थाले र्‍याली निकालेका हुन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ।यो वर्षको अपांगता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ।

सम्बन्धित समाचारसबै