बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

0 Shares

काठमाडौँ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर  मृत्यु भएको छ ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै