बुटवलले वीरगन्जको प्लेअफ सम्भावना समाप्त पार्दा ललितपुर ‘प्लेअफमा’

0 Shares

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) को अन्तिम तथा जित्नै पर्ने खेलमा वीरगन्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। वीरगन्ज बाहिरिएसँगै अन्तिम खेलअघि नै ललितपुरले भने प्लेअफमा स्थान बनायो। प्लेअफ सम्भावना रहेको तीन टिममा झापा भन्दा हेड टु हेडमा अघि रहँदा ललितपुर प्लेअफमा पुग्न सफल भएको हो।

वीरगन्जलाई हराएसँगै बुटवल झापा समान १० अङ्क भए पनि गोल अन्तरमा पछि रहँदा तत्काललाई पाँचौं स्थानमा रहेर प्रतियोगिताको सुखद अन्त गर्‍याे। झापाको भने प्लेअफ सम्भावना अन्तिम खेल सम्म कायम रह्यो। अब अन्तिम खेलमा काठमाडौं र ललितपुरबीचको खेलले झापाको भविष्य तय हुनेछ।

आजै हुने लिगचरणको अन्तिम खेलमा काठमाडौं र ललितपुरबिचको खेलबाट ‘प्लेअफ’ पुग्ने बाँकी एक टिमको तय हुने छ। यदि काठमाडौंले ललितपुरलाई हराएमा झापा ‘प्लेअफ’ दौडबाट बाहिरिनेछ। तर ललितपुरले काठमाडौंलाई हराएमा भने झापा ‘प्लेअफ’ मा पुग्नेछ।शनिबार दशरथ रङ्गशालामा भएको दिनको पहिलो खेलमा दुबै टिमले अधिकांस समय गोलरहित बराबरी खेलेपनि इन्जुरी समयमा विरगन्जलाई स्तब्ध पार्न बुटवल सफल भएको थियो। बुटवलका लागि चन्दन दासले निर्णायक गोल गरेका थिए।

सम्बन्धित समाचारसबै