राष्ट्रपति पौडेल महोत्सव उद्घाटन गर्न आज बागलुङ जाने

0 Shares

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि बागलुङ जान लागेका हुन् ।

महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम पनि छ । शालिग्राम संग्राहलयको अवलोकन पनि गर्ने बताइएको छ ।

पौडेल आजै काठमाडौँ फर्कनेछन् ।

सम्बन्धित समाचारसबै