अभिनेता तथा लेखक जीवन थापाको लेखनमा चलचित्र निर्माण हुने

0 Shares

काठमाडौं । अभिनेता तथा लेखक जीवन थापा क्षितिजको लेखन र थ्यान्क्यु सिनेमाको ब्यानरमा चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम सार्वजनिक नभएपनि अहिले स्कृप्ट लेखनको कार्य धमाधम भइरहेको छ । अहिलेसम्म ५० प्रतिशत स्कृप्ट लेखनको कार्य सकिएको थापाले बताएका छन ।

क्षितिज विगत एक दशकदेखि रंगमञ्चसँगै चलचित्र लेखन निर्देशन र अभिनयमा सक्रिय छन् ।

चलचित्रमा विशेषगरी रंगमञ्चमा काम गरेका कलाकारहरूलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ ।

यसअघि एकमात्र कलाकार राखेर अन्तिमपाना चलचित्र निर्माण गरेका दिवाज राई किराँती नै चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रको छायांकन आगामी भदौदेखि सुरू हुने छ । यसको छायांकन नेपालका विभिन्न स्थान तथा विदेशमा पनि हुने बताईएको छ ।

करिव तीन करोडको लगानीमा फिल्म निर्माण हुने छ । अहिले कलाकार र निर्देशकको भने टुङ्गो लागिसकेको छैन ।

सम्बन्धित समाचारसबै