0
Shares
भक्तपुर – भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।
यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।