माओत्से गुरुङको निर्देशन र दयाहाङको मूख्य भूमिका रहेको फिल्म ‘दयारानी’को पोखरामा प्रिमिएर

0 Shares

काठमाडौँ । फिल्म ‘दयारानी’ पोखरमा प्रिमिएर भएको छ ।

आइतबार पोखराको मिडटाउन सिनेमाज्मा भएको प्रिमिएरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा सङ्गीतकार राजनराज शिवाकोटी, ‘दयारानी’ का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुनः लगायतको उपस्थिति थिए ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको फिल्ममा अभिनय छ ।

फिल्म दयारानी अगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

सम्बन्धित समाचारसबै