दीपेन्द्र ऐरीले गल्फ जाइन्टबाट यूएईको फ्रेन्चाइज लिग खेल्ने

0 Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (यूएई) को फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० खेल्ने भएका छन् । दीपेन्द्रलाई गल्फ जाइन्टले आफ्नो क्लबमा आबद्ध गरेको हो । नेपाल क्रिकेट संघका अनुसार, गल्फ जाइन्ट क्लबले लामो समयदेखि नेपाली क्रिकेटरहरुको प्रदर्शनलाई नियाली रहेको थियो ।

अलराउन्डर खेलाडीको खोजीमा रहेकाले गल्फ जाइन्टले दीपेन्द्रसँग सम्झौता गरेको हो ।‘यो मेरा लागि गतिलो अवसर हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको प्रयास गर्नेछु,’ दीपेन्द्र भन्छन् । क्यानले पनि दीपेन्द्रको सफलताको कामना गरेको छ ।

सम्बन्धित समाचारसबै