0
Shares
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (परिसूचक) २० अंकले घटेको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.०२ प्रतिशतले घट्दै २००५ अंकमा आएर रोकिएको छ । यसक्रममा आज ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १९७ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचकसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।