0
Shares
सोलुखुम्बु – नेपाली कांग्रेसको फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बोल्दै सोलुखुम्बुका महासमिति सदस्य एवं कांग्रेस नेता नविन थापाले कांग्रेस अब गठबन्धनमा अल्झिन नहुनेमा महामन्त्री गगन कुमार थापाको प्रस्तावलाई सर्मथन जनाएका छ्न ।
गठबन्धन पार्टीको हितमा नरहेकाले यसलाई अघि बढाउन नहुने उनको जोड थियो ।
साथै पार्टीले पहुँचको भरमा टिकट वितरण गर्ने पद्धती अपनाएकाले यसबाट कार्यकर्ता पंक्ति निराश रहेकाले यसलाई तोड्नुपर्ने उनको धारणा थियो ।