चन्द्रागिरि रिसोर्टमा आज प्रेमीका करिस्मासँग लगनगाँठो कस्दै  अभिनेता सलोन बस्नेत

0 Shares

काठमाडौं– अभिनेता सलोन बस्नेत आज  प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । ३ बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।

महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुग्दैछन् । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी हुँदै छन् ।

बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।

सम्बन्धित समाचारसबै