नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले गरे अग्नि पीडितलाई आर्थिक सहयोग

0 Shares

सोलुखुम्बु । नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले अग्नि पीडितलाई आर्थिक सहयोग गरेका छ्न । आज नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेका ३ घर अग्नि पीडित परिवारलाई व्यक्तिगत सहयोग गरेका हुन ।

नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बु जिल्ला सचिव विभूषण राईका अनुसार देउपुजेका शक्ति राई, केशव राई र कबिर राईलाई आर्थिक सहयोग गरेको हुन ।

साथै महाधिवेशन प्रतिनिधि नवीन थापा, जिल्ला कार्यसम्पादन सदस्य चन्द्र आचार्य, जिल्ला कार्य समिति सदस्य भेष कुमार बास्तोला तथा युवा नेता द्रोण बास्तोलाको समेत उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले पीडित परिवार प्रति सहानुभूति व्यक्त गर्दै नेपाली काँग्रेसको पहलमा थप सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरेका छ्न ।

सम्बन्धित समाचारसबै