0
Shares
भोलि अथार्त जेठ १० गतेबाट अनमोल केसीको बहुपतिक्षित फिल्म फर्की फर्की रिलिज हुँदै छ । यो फिल्मको गित र टे«लरले सामाजिक सन्जाल मात्र नभएर आम दर्शकको मनमष्तिष्क ढकमक्क ढाकेको छ । शोहि कममा निर्माता तथा निर्देशक निश्चल बस्नेतले फिल्म रिलिज नहुँदै ‘फर्की फर्की’हेरेपछि निर्माता रोहित अधिकारीलाइृ बोरा छ नि पैसा राख्नलाई भनेर सोधेका छन । उनी सामाजिक सन्जाल फेसबुकमा लेख्छन्– फर्की फर्की हेरियो । मज्जा आयो फिल्म हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ।’
अनमोल केसीसहित जसिता गुरुङको अभिनय रहेको यो फिल्मको राष्ट्रिय र अन्तर्राष्ट्रिय बुकिङ खुलिसकेको छ ।