स्ववियु निर्वाचन २०८१ को उपत्यका समन्वयन एवं स्वयंसेवक परिचालन समितिको सह-संयोजकमा सुजन कटुवाल र आकृष्ट गुरुङ

0 Shares

काठमाडौँ। स्ववियु निर्वाचन २०८१ को नेविसंघको उपत्यका समन्वयन एवं स्वयंसेवक परिचालन समितिको सह-संयोजकको रूपमा सुजन कटुवाल र आकृष्ट गुरुङलाई जिम्मेवारी प्रदान गरिएको छ ।

उनीहरूलाई त्रिभुवन विश्वविद्यालय कल्याण तथा खेलकुद परिषदद्वरा २०८१ चैत्र ५ गते सम्पन्न गर्ने गरि प्रस्तावित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको उपत्यका समन्वयन एवं स्वयंसेवक परिचालन समितिको सह-संयोजकको रूपमा जिम्मेवारी प्रदान गरिएको हो । उपत्यका समन्वयन एवं स्वयंसेवक परिचालन समितिको संयोजक निश्चल महर्जनले उनीहरूलाई सो जिम्मेवारी दिएका हुन् ।

सम्बन्धित समाचारसबै