चक्रपथस्थित भाटभटेनीको अपोजिटमा अन्तर्राष्ट्रिय स्तरको चर्चित जुत्ता ब्रान्ड X-TEP को शोरुम औपचारिक रूपमा सञ्चालनमा

0 Shares

काठमाडौ । आजबाट काठमाडौंको चक्रपथस्थित भाटभटेनीको अपोजिटमा अन्तर्राष्ट्रिय स्तरको चर्चित जुत्ता ब्रान्ड XTEP औपचारिक रूपमा सञ्चालनमा आएको छ। गुणस्तर, मजबुती र आधुनिक डिजाइनका कारण विश्व बजारमा पहिचान बनाइसकेको XTEP अब चक्रपथ आसपासका ग्राहकका लागि झनै सहज रूपमा उपलब्ध हुने भएको हो।

विशेषगरी खेलकुद, रनिङ, हिँडडुल तथा दैनिक प्रयोगका लागि उपयुक्त मानिने XTEP जुत्ता बलियो, टिकाउ र आरामदायी भएको यसका संचालकले बताएका छन्। नेपालमा पछिल्लो समय यसको माग तीव्र रूपमा बढ्दै गएको छ भने धेरै ग्राहकहरूले यसलाई विश्वसनीय र प्रिमियम ब्रान्डका रूपमा मन पराउन थालेका छन्।

XTEP चीनको नम्बर वान ब्रान्डका रूपमा समेत परिचित छ। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दीर्घकालीन टिकाउपनका कारण यो ब्रान्ड नेपालमा पनि लोकप्रिय बन्दै गएको छ।

अब चक्रपथस्थित नयाँ शोरुम सञ्चालनमा आएसँगै XTEP का विभिन्न मोडलहरू नेपाली बजारमा अझ सजिलै उपलब्ध हुने र ग्राहकहरूले प्रत्यक्ष रूपमा गुणस्तर अनुभव गर्न पाउने संचालकको भनाई छ।

सम्बन्धित समाचारसबै