0
Shares
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।
स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -,स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।, आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै यी दुई जिल्लामा मतगणना सुरु भएको छ ।