0
Shares
काठमाडौं– आईसीएफसी फाइनान्सले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १४ मंसिर बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
१ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले ५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।