चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

0 Shares

काठमाडाैं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन अध्यक्ष यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहालगायतलाई विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढंगा खोलासम्म पक्की नाला निर्माण गर्दा झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा रु ४ लाख ४२ हजार ५४४ रुपैयाँ १३ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो । अख्तियारले उनीहरूविरुद्ध जनही ३ लाख ४१ हजार ५४४ रुपैयाँ १३ पैसा बिगो कायम गरी कैद एवं जरिबाना तथा बिगोसमेत असुल उपर हुने मागदाबी लिएको छ ।

त्यस्तै वडा नं. ४ का वडाध्यक्ष अब्दुल अहद कवारी, सव इन्जिनियर जितेन्द्र यादव, गाउँ कार्यपालिका सदस्यहरू विजय कुमार चौधरी, विनोद साह, उपभोक्ता समितिका अध्यक्ष शेख मो। इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मो. इरफानलाई पनि विपक्षी बनाइएको छ ।

सम्बन्धित समाचारसबै