भरुवा बन्दुक सहित पक्राउ

0 Shares

ताप्लेजुङ–  ताप्लेजुङ फक्तालुङ गाउँपालिका-५ ओईतुङ बस्ने ४० वर्षीय कुमार लिम्बुलाई १ नाल भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कुमारले सामान्य वादविवाद र झै-झगडामा भरुवा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै