पूर्वपश्चिम उच्च पहाडी रणनीतिक सडक कालोपत्रे योजनाको शिलान्यास

0 Shares

लमजुङ – विचौर सिंदी पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडकखण्डको कालोपत्रे योजना दूधपोखरी गाउँलिकाको सामघडेरीमा पूर्व मन्त्री एवं नेकपा माओबादीका महासचिव देव प्रसाद गुरुङले हालै शिलान्यास गरेका छन् ।

माओबादी नेता देव प्रसाद गुरुङले आफ्नो कार्यकालमा रेडबुकमा समावेश गरेको एक संघीय निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गतको उक्त सडकले कुनाघाट– विचौर– भुम्लीचोक– फुलङ्गिरी– जोर्ने– गौंडा–मञ्ज्याङ– नौथर– शेरा– चिति– तिलाहार– बाँझाखेत– वेसीशहर– बाग्लुपानी– कपुरगाउँ– मालिङ– भोजे– पसगाउँ हुँदै सिंदी जोडेको छ ।

२०७६ सालदेखि स्थानीय पूर्वाधार विकासअन्तर्गत आउने बजेट काटिएपछि प्रत्येक निर्वाचन क्षेत्रमा एक एक सडक निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।

सडकको उद्घाटन गर्दै प्रमुख अतिथि देव प्रसाद गुरुङले यो सडकमा कुनाघाटमा एउटा पूल निर्माण गरिदिंदा सडकले गोर्खा सम्म जोड्न सक्छ भन्ने योजना लिएर काम शुरुवात गरिएको बताए ।

नेता गुरुङले आफूले प्रतिनिधि सभा सदस्य रहँदा जिल्लाको विकासको लागि आफू लागि  परेको बताउँदै जिल्लाको भूगोल पूर्व पश्चिम फैलिएको र सदरमुकामलाई समेत जोड्ने गरेर यो सडकको अवधारणा ल्याएको बताए । उक्त पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडक योजना ४० करोड रुपैयाँको लागतमा वहुवर्षिय ठेक्का अन्तर्गत बन्न लागेको बताइएको छ ।

सम्बन्धित समाचारसबै