नेपाली बजारमा पहिलो पटक विद्युतीय गाडी ‘एमजी जेडएस’ भित्र्याउने तयारी

0 Shares

काठमाडौं – नेपाली बजारमा पहिलो पटक लङ रेन्ज भेरियन्टमा एमजी जेडएस ईभी २०२२ (MG ZS EV 2022) भित्र्याउने तयारी गरिएको छ । नेपालका लागि एमजी ब्राण्डकाे आधिकारी विक्रेता पारामाउन्ट मोटर्स प्रालिले एक पटकको फुल चार्जमा ४४० किलोमिटरसम्मको रेन्ज दिने कार भित्र्याउन लागेको हो ।

पारामाउन्टका अनुसार हालसम्म स्ट्यान्डर्ड रेन्जमा मात्रै उपलब्ध हुँदै आएकोमा आउँदाे जनवरीदेखि लङ रेन्जमा पनि एमजी जेडएस उपलब्ध हुनेछ । जसका लागि बुकिङ पनि खुलाइएकाे छ । यो कारको मूल्य ८१ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ । कारमा ७२.६ किलोवाट आवर ब्याट्री जडान गरिएको छ । यस्तै कारमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यो कारलाई एक लाख रुपैयाँको टोकन रकममा बुकिङ गर्न सकिने पारामाउन्टले जनाएकाे छ । एमजी जेडएस ईभी २०२२ मा ७ ईन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । कारमा रोटरी डायल गियर, ड्राइभिङ मोड, रिजेनेसन ब्रेकिङ र विद्युतीय रूपमा एडजस्ट गर्न मिल्ने ड्राइभर सिट रहेको छ ।

कारमा पीएम २.५ एयर फिल्टर र वायरलेस चार्चिङकाे फिचर पनि छ । याे कार ‘प्यानोरामिक सनरुफ’को रुपमा देख्न सकिने छ । एमजी जेडएस ईभी २०२२ कोमो ब्लु, कस्मिक सिल्भर, डायमन्ड रेड,  पेबल ब्ल्याक र डोभर ह्वाइट गरी पाँच  कलर भेरियन्टमा उपलब्ध हुने बताइएकाे छ ।

सम्बन्धित समाचारसबै