काठमाडौँ र ललितपुरमा २ जना मृत अवस्थामा फेला

0 Shares

काठमाडौं– उपत्यकाको काठमाडौँ र ललितपुर जिल्लामा दुई जना मृत्त अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका- ८ पुरानो बानेश्वर डेरा गरी बस्ने  ४३ वर्षीय राजेश तामाङ बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित महान नेपाली ड्राईभिङ सेन्टर अगाडि रहेको बा।१ ज ६०३० नम्बरको पुरानो भ्यानभित्र महालक्ष्मी नगरपालिका-२ सुबेदी टोल बस्ने ५४ वर्षीय राधाकृष्ण सुबेदी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै