0
Shares
काठमाडौंअपहरण तथा कर्तव्यज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी छन् ।
अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्यज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई ललितपुर महानगरपालिका–२ स्थित गुर्सिङ्गलबाट पक्रेर रौतहटमा पठाइको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
साउन १४ मा पक्राउ परेका आरोपीबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता छ ।