आङ्दम्बेको संयोजकत्वमा कांग्रेस संसदीय दलको निर्वाचन समिति गठन

0 Shares

काठमाडौं– नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् ।

समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति ताक्ने छ । कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोइराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका हुन् । कांग्रेसका ८९ जना सांसदले स‌सदीय दलको नेता चयन गर्ने छन् ।

सम्बन्धित समाचारसबै