0
Shares
काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताए ।
थापाले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारेका छन । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताए । संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिएका छन ।
थापाले भने,‘संसदीय दलको नेतामा पटक–पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ । उहाँलाई शुभकामना छ । उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस् ।’
संसदीय दलको चुनावमा देउवाले ६४ र थापाले २५ मत प्राप्त गरेका छन । आफूले पाएको मत अपेक्षाभन्दा कम भएको पनि थापाको भनाई छ ।