एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

0 Shares

काठमाडाैं–   नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचारी ठहर भएका छन् । उनलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतले उनलाई निर्दोष ठहर गरेको थियो ।

तर, मंगलबार सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै यादवलाई दोषी ठहर गरेको हो । हाल सिन्धुपाल्चोक प्रहरी प्रमुख रहेका यादवमाथि २०७० सालमा रुपन्देहीमा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्च पुगेको थियो । मंगलबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादवलाई दोषी ठहर गरेको हो।

सम्बन्धित समाचारसबै