विदेशबाट १ अर्ब १० करोडको केराउ आयात

0 Shares

काठमाडौं-गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब १० करोड रुपैयाँको केराउ भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको १ करोड ९० लाख ४ हजार किलोग्राम केराउ भित्रिएको हो ।
नेपालमा विश्वका ७ वटा देशबाट केराउ आउने गरेको विभागको तथ्यांकले देखाएको छ । त्यसमध्ये म्यानमारबाट ५० करोड ८३ लाख रुपैयाँ बराबरको केराउ भित्रिएको छ । यस्तै, भारतबाट २९ करोड १० लाख रुपैयाँको केराउ आयात हुँदा तान्जानियाबाट १७ करोड १४ लाख रुपैयाँको केराउ भित्रिएको छ ।

संयुक्त अरब इमिरेट्सबाट १ करोड २४ लाख रुपैयाँको केराउ भित्रिँदा मालावीबाट ७ करोड १७ रुपैयाँको केराउ भित्रिएको छ । यसका साथै, २ करोड ४६ लाख रुपैयाँको भित्रिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारसबै