इन्ट्रा फाउन्डेसन’ विरुद्ध नेपालस्थित अमेरिकन राजदूतावासमा पनि निवेदन

0 Shares

काठमाडौं-इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री अमेरिकन राजदूतावासमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न अवैध क्रियाकलापमा संलग्न भएको तथा नेपालीलाई सहयोग गर्ने आश्वासन दिँदै गैरकानूनी ढंगबाट रकम उठाएको आरोपसहित उक्त संस्थाविरुद्ध नेपाल स्थित अमेरिकन राजदूतावासमा समेत निवदेन दर्ता भएको हो ।

निवेदनमा उक्त संस्थाका बारेमा अमेरिकन राजदूतावासले समेत छानविन गरि तत्काल कारवाहीका लागि आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उक्त संस्थाका सञ्चालकहरु नै गैरनेपाली भएको जिकिर गरिएको छ । यस्तै संस्थाका दिल्ली अधिकारी, मेग चौधरी, किरण गजमेर, यस कुइँकेल, रुद्र बानियाँ र पञ्चम तामाङ लगायतका सञ्चालकहरु नै गैह्र नेपाली भएको र नेपाली कलाकारहरु समेतलाई प्रलोभनमा पारी प्रयोग गरिएको आरोप निवदेनमा छ ।

नेपाल सरकारको स्वीकृति नै नलिई, संस्थाले हिसाब किताब नै नदेखाइ विभिन्न क्रियाकलापहरू गरिरहेको र आर्थिक अनियमितता गरिरहेको आरोप पनि निवदेन पत्रमा उल्लेख छ। निवेदनमा देशका विभिन्न स्थानमा सो संस्थाको समूह जाने गरेको र नेपालको राष्ट्र र राष्ट्रियतामा आँच आउने तथा कानुन विपरितका क्रियाकलापमा समेत संलग्न भएको आरोप लगाइएको छ ।

यसअघि ‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध प्रधानमन्त्रीको कार्यालयमा समेत छानविनका लागि निवेदन दर्ता भइसकेको छ ।

सम्बन्धित समाचारसबै