राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बस्दै

0 Shares

काठमाडौं – राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ । आगामी माघ ९ र १० गते काठमाडौंमा बस्ने बैठकमा निर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । सोही बैठकबाटै राप्रपा नेपालले आगामी कार्यदिशा पनि निर्धारण गर्ने तयारी गरेको छ ।

०७८ मंसिर १९ मा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी छाडेर राप्रपा नेपाल पुनर्गठन गरेका थिए ।तर, गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा राप्रपा नेपालको प्रदर्शन निकै खराब रह्यो । एमालेको सूर्य चुनाव चिह्नबाट मकवानपुर १ बाट चुनाव लडेका उनी राप्रपाकै उमेदवारसँग पराजित भए । समानुपातिकमा राप्रपा नेपालले १२ हजार ३४० मत मात्र ल्यायो ।

सम्बन्धित समाचारसबै