भिमफेदीमा भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु

0 Shares

हेटौंडा : मकवानपुरको भिमफेदी गाउँपालिका-२ मा आज पिकअप भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने आठ जना घाइते छन्। मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिक- ३ बस्ने अन्दाजी १८ वर्षीय राहुलकुमार पण्डित रहेका छन्। उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अन्य घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। आज बिहान पौने १० बजे ना ४ च ९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर नालिमा पल्टिएको थियो।

सम्बन्धित समाचारसबै