0
Shares
काठमाडौं – त्रिवि कानुन सङ्कायद्वारा गत मङ्सिर १७ गते सञ्चालित बीएएलएलबी प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
कोटासहित त्रिविको आङ्गिक क्याम्पसहरू, नेपाल ल क्याम्पस, काठमाडौँको लागि १०५, पृथ्वीनारायण क्याम्पस, पोखराको लागि ७० र त्रिवि। को सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपाको लागि १०५ गरी जम्मा २८० सिटका लागि मात्र योग्यता क्रममा रहेका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरिएको हो।
प्रकाशित नतिजा उपर कुनै गुनासो भएमा परीक्षार्थीहरूले परीक्षाफल प्रकाशित भएको मितिले ०५ दिन भित्र त्रिवि कानुन सङ्काय डीनको कार्यालयमा निवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ । नतिजा https://www.fol.edu.np मा समेत हेर्न सकिनेछ ।