नेपाल दशनामी समाज सोलुको नयाँ कार्यसमिति चयन

0 Shares

नेपाल दशनामी समाज सोलुखुम्बुको नयाँ कार्यसमिति चयन गरिएको छ । आज जुबुमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट विकास भारतिको अध्यक्षतामा २५ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

यस्तै समितिको उपाध्यक्षमा अस्मिता वन, सचिवमा रमन वन, कोषाध्यक्षमा पवित्रा गिरि र सह-सचिवमा नारायण पुरी चयन गरिएको आयोजकले जनाएको छ ।

अधिवेशबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत छनोट गरिएको छ । जसमा सोलुखुम्बुबाट केन्द्रीय महाधिवेशनको लागि अंकबहादुर वन, सोमप्रसाद पुरि, द्रोणकुमार वन, मानबहादुर वन र भेषनाथ वन छनोट गरिएको नवगठित कार्य समितिका सचिव रमन वनले जानकारी दिनुभयो ।

यस्तै द्रोणकुमार वनको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । अधिवेशन नेपाल दशनामी समाजका केन्द्रीय सदस्य हिमाल गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला भरका सम्पुर्ण दशनामी वन्धुहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

सम्बन्धित समाचारसबै