मिस नेपाल प्रियंकारानी जोशीको पहलमा दुर्गम चेपाङ गाउँमा बल्यो बिजुली

0 Shares

काठमाडौं – मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ । मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् ।

नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुर्‍याएकी हुन् । यसै साता विद्युत परीक्षण प्रसारण सफल भएको र आगामी साता उद्घाटन कार्यक्रम राखिएको छ, जहाँ सहभागी हुन प्रियंका जाँदैछिन् । विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचारसबै