भृकुटीमण्डपमा एनसेल र नेपाल टेलिकमले नि:शुल्क सिम वितरण गर्दै

0 Shares

काठमाडौं– एनसेल र नेपाल टेलिकमले नि:शुल्क सिम वितरण गरिरहेको छ। भृकुटीमण्डपमा जारी २८औं क्यान इन्फोटेक–२०२३ मा यी दुई सेवा प्रदायक कम्पनीहरूले निःशुल्क सिम वितरण गरिरहेको हो।

सेवाग्राहीले नयाँ सिम लिन चाहेमा सम्बन्धित व्यक्तिको पहिचान खुल्ने कागजात जस्तै नागरिकता, लाइसेन्स, पान नम्बर अथवा ड्राइभिङ लाइसेन्सको फोटोकपी र एउटा फोटो लिएर नयाँ सिम दर्ता गर्न सक्नेछन्।

प्रदर्शनीमै नेपाल टेलिकम प्रयोगकर्ताहरूले भने हाल प्रयोग गरिरहेको सिमलाई निःशुल्क ई–सिममा अपग्रेड गर्न सक्नेछन्। मंगलबारदेखि जारी क्यान इन्फोटेक प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन्। सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ।

सम्बन्धित समाचारसबै