नवनिर्वाचित सांसदहरूका लागि आज राष्ट्रपति निवासमा चियापान

0 Shares

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमकाे आयाेजना गर्दैछिन्। कार्यक्रम  शनिबार अपराह्न ३ बजे शीतलनिवासमा आयोजना हुने भएको हो।

राष्ट्रपतिकाे कार्यकाल सकिनै लाग्दा नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धनमा किचलाे बन्दै गएकाे छ। निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनाव फागुन २५ गते तय गरेकाे छ। नेकपा एमालेले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएकाे छ।

यता प्रधानमन्त्री दाहाल भने राष्ट्रपति एमालेलाई नदिई राष्ट्रिय सहमति खाेज्ने मनसायमा छन्। राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ।

सम्बन्धित समाचारसबै