ल्होत्से बहुउद्देश्यीय प्रालिको काम–कारबाहीबारे काठमाडौं महानगरले छानबिन गर्ने

0 Shares

काठमाडौं – ४५ वर्षको सम्झौताअनुसार गोंगबुस्थित नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिको काम–कारबाहीबारे काठमाडौं महानगरपालिकाले छानबिन गर्ने भएको छ ।

मंगलबार बिहान यातायात मजदुर, व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच भएको वार्तामा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले छानबिन समिति गठन गर्ने बताए । ल्होत्सेले गरेको काम–कारबाहीबारे प्रतिवेदन उपलब्ध गराउने पनि उनले बताए ।

महानगरका अनुसार ०५६ साल चैत २९ गते ल्होत्सेसँग सम्झौता गरिएको थियो । ०७२ साउन २५ गते महानगरसँग ल्होत्सेको पूरक सम्झौता गरिएको थियो । ल्होत्सेको काम–कारबाहीका क्रममा भएका कमी–कमजोरीबारे महानगरले निष्पक्ष छानबिन गर्ने उनले बताए । संघीय राजधानीमा कसरी सार्वजनिक सवारी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । महानगरको स्वामित्वमा रहेको बसपार्क ल्होत्सेले लिजमा लिएर सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचारसबै