मोबाइल लुटपाट घटनाका दोषीलाई कारबाही गर्न प्रहरीलाई गृहको निर्देशन

0 Shares

काठमाडौं– बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।

मंगलबार गृह सचिव विनोद प्रकाश सिंहले प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए। यातायात मजदुरले गरेको आन्दोलनले सोमबार साँझ उग्र रूप लिएको थियो।

आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले ल्होत्से मलमा पनि तोडफोड गरेका थिए। उनीहरूले मलमा रहेको एसिडीसी मोबाइल सेन्टरमा लुटपाट गरेका थिए।

सम्बन्धित समाचारसबै