८ करोडका मोबाइल लुटियो, राज्यले क्षतिपूर्ति दिनुपर्छ- व्यवसायी

0 Shares

काठमाडौं – सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा भएको हुलदङ्गाका क्रममा मोबाइल पसलहरूबाट करिब आठ करोड रुपैयाँ बढीका माेबाइल चोरी भएको भन्दै मोबाइल व्यवसायीले घटनाको छानबिन गर्न र व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

मंगलबार विभिन्न नाै व्यवसायी संघकाे समर्थनमा एक पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासंघले दोषीलाई तत्काल छानबिन गरी व्यवसायीलाई क्षतिपूर्ति दिन राज्यसँग माग गरेका हुन् ।

क्षतिपूर्ति र सुरक्षा माग गर्दै महासंघले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतका निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । सोमबार यातायात मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलहरूमा माेबाइल तथा अन्य सामान लुटपाट भएको थियो । पसल तोडफाेड गरेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सम्बन्धित समाचारसबै