एक दिवसीयमा हजार रन पूरा गर्ने पहिलो खेलाडी बने कप्तान रोहित पौडेल

0 Shares

 काठमाडौँ– राष्टिय क्रिकेट टालीका कप्तान रोहित पौडेलले एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित १ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन्।

रोहितले २६ ओभरको पहिलो बलमा चौका हान्दै एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गरेका छन्। रोहितले सन् २०१८ मा नेदरल्यान्डसँग खेल्दै राष्टिय टोलीमा डेब्यु गरेका थिए। एक दिवसीय खेलमा रोहितले ५ अर्धशतक र १ शतक हानेका छन्। एक दिवसीयमा ३३ खेल खेल्ने क्रममा रोहितले यो कोशेढुङगा पार गरेका हुन्।

सम्बन्धित समाचारसबै