0
Shares
महोत्तरी —लुकाएर राखेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी-८ का २९ वर्षका महेश यादव रहेका छन् । मटिहानी नगरपालिका-८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।