काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार बुधबार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, नेपाली सुन्तला १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ४०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरको छ ।
त्यसैगरी लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्ये च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ केजीमा तथा तोरीको साग २० रुपैयाँ र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँ मुठोमा पाइन्छ ।